नवनियुक्त श्रममन्त्री यादवले भने– वैदेशिक रोजगारीका बेथिति–विकृतिहरू समाप्त गर्छु


काठमाडौं, ५ मंसिर । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले युवाहरूलाई गर्वका साथ वैदेशिक रोजगारीमा जाने अवस्था निर्माण गर्ने बताएका छन् ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीलाई व्यवस्थित नगरिकन समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीका बेथिति–विकृतिहरू समाप्त गर्छु।’

विदेश जाँदा पनि गौरव महसुस गर्नसक्ने वातावरण बनाउने नीति अवलम्वन गरिने र वैदेशिक रोजगारीको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार अनियमितता हुन समेत उनले बताए । उनले धेरै युवालाई विदेश पठाएर सफल श्रममन्त्री बन्ने सोच नभएको र बाहिर बसेकालाई पनि देशमै ल्याएर रोजगारी दिने वातावरण बनाउने समेत बताए ।

‘भर्खर आज आउँदै छुु, मेरो प्रतिवद्धता त्यो हो–सकभर बाहिर जानु नपरोस् जानेहरू पनि गर्वका साथ जान पाउन्’, मन्त्री यादवले भन्नुभयो ‘जुन सुकै मुल्य चुकाउन तयार छु, ‘अनफियर’ म्यानपार राखिँदैन। मन्त्रालयका साथीहरूसँग छलफल गरेर अगाडि बढ्छु।’

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार ११:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ