उपेन्द्र यादबको मन्त्रालय परिवर्तन र राज्यमन्त्री खोस्दा अब के गर्छ समाजवादी पार्टी ?


काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डलमा फेरबदलले राष्ट्रिय राजनीतिको केन्द्रमा समाजवादी पार्टी देखिएको छ । सत्ता साझेदार रहेको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसित सहमति बेगर नै उनको मन्त्रालय फेरिएको र राज्यमन्त्रीलाई हटाएर समाजवादी कोटाको मन्त्रालयमा नेकपाका राज्यमन्त्री राखिएकोछ । समाजवादीले अब के गर्ने ? राजनीतिवृत्तमा सर्वाधिक चासोको विषय बनेको छ ।

उपप्रधानमन्त्री समेत रहेका यादव दिल्लीबाट शुक्रवार अपरान्ह फर्किदै छन् ।उनी फर्किएपछि मात्र सरकारमा रहने अथवा छाड्ने निर्णय हुने समाजवादी पार्टीका महासचिव रामसहाय यादवले जनाए । समाजवादी पार्टीको राजधानीमा उपलब्ध पदाधिकारीहरुको बिहान बसेको बैठकमा अध्यक्ष यादव फर्केपछि मात्र निर्णय लिने सहमति भएपनि सरकारमा रहन नहुने अधिकांश पदाधिकारीहरु सुझाव थियो ।मन्त्रिपरिषद पुनर्गठन यादवका लागि निल्नु न ओकल्नु भएकोछ ।

‘प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पूनर्गठनबारे हामीसित छलफल गर्नु भएको छैन्,’ महासचिव यादवले भने, समाजवादी पार्टीपनि सत्तासाझेदार रहेकाले अनिवार्य रुपमा छलफल गरिनु पथ्र्यो । तर अध्यक्ष यादवसित प्रधानमन्त्रीको छलफल भएको भए त्यो जानकारी छैन ।’

समाजवादी पार्टी सरकार रहँदा ठिक हुने अथवा हट्दा ठिक हुने निर्णयमा पुग्न राजधानीमा उपलब्ध रहेका नेताहरुलाई सहज छैन् । अध्यक्ष यादव फर्केपछि यस सम्बन्धमा निर्णय हुने बताइएपनि नेताहरु समेत अन्योलमा छन् ।

स्रोतहरुका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष उपेन्द्र यादवसितको निकट्ताको कारण प्रधानमन्त्री ओलीले यादवलाई तत्कालै हटाउन असहज महसुस गरेपनि मन्त्रालय परिवर्तन गरी स्वतःहट्न दवाव बढाएका छन् । यादवलाई सरकार छाड्ने बितिकै गौर काण्डको मुद्दामा जाकिने चिन्ता हुन सक्छ ।

बिहान १५ जना न्यायधिशको नियुक्ती गरिसकेपछि साँझ यादवलाई कानुन मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्रीले राख्नु कामबिहिन भएर बस्न संकेतपनि दिएका छन् ।राजपा सरकारमा जान अस्वीकार गर्नुपनि यादवलाई मन्त्रालय परिवर्तन गरी सरकारमा राख्नुपर्ने प्रधानमन्त्रीका लागि केहि बाध्यतापनि रहेको बताइन्छ ।

‘अहिलेको अवस्थामा राजपा सरकारमा जादैन्’पार्टी अध्यक्ष मण्डलका सदस्य राजकिसोर यादवले भने, सरकारमा जादा समाजवादी पार्टीले भोग्नु परेको अवस्थालाई हामीले राम्ररी बुझेका छौ ।६ जना अध्यक्ष भएका पार्टीलाई सरकारमा सहभागि गराउन प्रधानमन्त्रीका लागि पनि सहज छैन् ।

समाजवादी पार्टीले संघीय सरकारबाट बाहिरिएपछि प्रदेश २ को सरकार समेत संकटमा पर्न सक्छ । नेकपाले राजपालाई मुख्यमन्त्री दिएर गठबन्धन गर्न सक्ने संभावनालाई नेताहरुले अस्वीकार गर्दैनन् । ‘संघीय सरकारको समिकरणकै अधारमा प्रदेश २ को समिकरण फेरिने धेरै संभावना छैन्,’राजपा नेता राजकिसोर यादवले भने, ‘तर अहिलेकै अवस्थामा गठबन्धन लामो समय नचल्न सक्छ ।’

संयुक्त सरकारको मान्यता अनुरुप सरकार नचलेको उनको आरोप छ ।

प्रकाशित : २०७६ मंसिर ६, शुक्रबार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ