धोती लगाउनेमाथि काठमाडौंका गल्लीमा विभेद हुनु हुन्न: सिके राउत


काठमाडौं, ७ मंसिर । जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले मधेशीहरूमाथि अझै विभेद कायमै रहेको बताएका छन्।

शनिबार भृकुटीमण्डपमा भएको रंगभेदविरूद्ध एकता सभामा राउतले काठमाडौंका गल्लीहरूमा धोती लगाउनेहरूमाथि विभेद गर्न नहुने बताए।

‘रंगभेदविरूद्ध हामी अझै सशक्त रूपमा लाग्नुपर्नेछ,’ उनले भने, ‘धोती लगाउनेहरूमाथि काठमाडौंका गल्लीमा विभेद हुनु हुँदैन।’

राउत सरकारसँग समझदारी गर्दै खुला राजनीतिमा आएका थिए।

मुलधारको राजनीतिमा आएको लामो समयपछि जनमत पार्टीले काठमाडौंमा आमसभा गरेको हो।

जनमत पार्टी निर्वाचन आयोगमा दल दर्ता गरी देशका विभिन्न ठाउँमा हुने स्थानीय तहका उपनिर्वाचनमा उम्मेदवारी दिँदै सहभागी भएको छ।साभारः-सेतोपाटी

प्रकाशित : २०७६ मंसिर ७, शनिबार ११:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ