मन्त्रालय हेरफेरमा समाजवादी पार्टीको आपत्ति, सरकार नछाड्ने निर्णय


काठमाडौँ, ८ मंसिर । समाजवादी पार्टीले सत्ता साझेदार पार्टीलाई कुनै जानकारी नदिइ मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा आपत्ति जनाएको छ। पार्टीले उक्त निर्णयमा असन्तुष्टि जनाए पनि सरकार भने नछाड्ने निर्णय गरेको छ। समाजवादीको अध्यक्ष समेत रहेका उपेन्द्र यादवको मन्त्रालय पनि पुनर्गठनमा हेरफेर भएको थियो।

शनिबार रातिसम्म बसेको पदाधिकारी बैठकले संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल मन्त्रिपरिषद पुनर्गठन भएकोमा आपत्ति जनाएको हो। दलले यसअघि भएको दुई बुँदै सहमति कार्यान्वयनमा पनि सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीले उक्त सहमति कार्यान्वयनका लागि वार्ता टोली पनि बनाएको छ। सरकार र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग वार्ता समिति गठन गरेको छ। समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।

प्रकाशित : 24 November 2019 2:00 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ