बंगलादेशविरुद्धको ‘डे नाइट’ टेस्टमा भारत जित नजिक


एजेन्सी, ८ मंसिर। बंगलादेशविरुद्धको दोस्रो टेस्टमा भारत मजबुत स्थितिमा रहेको छ । कोलकताको इडन गार्डेन स्टेडियममा ऐतिहासिक ‘डे नाइट’ टेस्टमा बंगलादेशलाई १०६ रनमा अल आउट बनाएर पहिलो परि सुरु गरेको भारतले ९ विकेट गुमाएर ३४७ रन बनाएर पारि समाप्त गरेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले १३६ रन बनाउँदा चेतेश्वर पुजाराले ५५ तथा अजिंका रहाणेले ५१ रन बनाएका थिए । पहिलो पारिमा २४१ रनले पछि परेको बंगलादेशले दोस्रो पारिमा पनि राम्रो प्रदर्शन गर्न सकेन ।

दोस्रो दिनको खेल सकिँदा बंगलादेशले १५२ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ । अझै बंगलादेशलाई पहिलो पारिको रन बराबरी गर्नका लागि ८९ रनको आवश्यकता छ भने चार विकेट मात्रै बाँकी रहेको छ ।

आइतबार भारतले बंगलादेशका बाँकी चार विकेट लिन सफल भयो भने टेस्ट सिरिज २–० ले जित्ने छ भने बंगलादेशलाई यो टेस्ट जोगाउन अझै तीन दिन ब्याटिङ गर्नु पर्ने छ ।

भारतका लागि दोस्रो पारिमा इशान्त शर्माले चार तथा उमेश यादवले दुई विकेट लिएका छन् ।

प्रकाशित : २०७६ मंसिर ८, आईतवार ०२:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ