बिवाह पञ्चमीलाई लक्षित गरी भारतसँगको सीमा क्षेत्रमा प्रहरीको ‘डग स्नेफिङ’


जनकपुरधाम, ८ मंसिर। रामजानकी बिवाह पञ्चमी महामहोत्सवलाई लक्षित गरी जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमा क्षेत्रमा आवत-जावत गर्नेहरुमाथि कडा निगरानी गरिएको धनुषा प्रहरीले जनाएको हो।

आइतबार दिउँसो प्रहरीले धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुलसियाहीस्थित नेपाल–भारत सीमान नाकामा आवत–जावत गर्नेमाथि चेकजाँच गरेको जनाएको छ । प्रदेश नम्बर २ केनाईन शाखा लालगढबाट हेन्डलर सहितको ‘डग स्नेफिङ’ टोली समेत परिचालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय फुलगामा प्रहरी नायव निरीक्षकको ४ जना, प्रहरी चौकी तुलसियाहीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ गरी जम्मा ७ जना र सिमा सुरक्षा बल फुलगामाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जना समेतको टोलीले चेकजाँच गरेको थियो ।

टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवत–जावत गर्ने सवारी साधन, पैदल यात्रीहरुलाई संयुक्त रुपमा चेकजाँच गरेको हो । यही मंसिर १५ गते जनकपुरको जानकी मन्दिरमा विवहा पञ्चमी धुमधामका साथ मनाइँदै छ । विवाह पञ्चमीको तयारी तीव्र पारिएको छ ।

प्रकाशित : 24 November 2019 3:31 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ