बर्दिबासमा मन्दिरमै कसरी भयो यि यूवकको मृत्यु ?


जनकपुरधाम, ९ मंसिर । महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा आज एक यात्रु मृत भेटिएका छन् । आइतबार साँझ मन्दिर परिसरको धर्मशालामा बास बस्न पुगेका करिब ३० बर्षको उमेरका देखिने यात्रु बिहान मृत भेटिएका हुन् ।

मृतकको परिचय अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको छ । बालाचतुर्दशी पर्वको अवसरमा आइतबार राती मन्दिर परिसरमा दिप प्रज्वलित गर्न पुगेका भक्तजन भजनकिर्तन गर्दै नाची रहेका बेला अपरिचित यात्री नजिकै बालिएको धुनी तापी रहेका प्रत्यक्षदर्शीको भनाइ छ । धुनी नजिकै ढलेका यात्रुले मृत्यु हुनुपूर्व वान्ता गरेका देखिएको छ ।

मधेशी मूलका जस्तो देखिने मृतकलाइ गतशुक्रबार दिउँसो बर्दिवासमा देखिएको मन्दिर ओरीपरीका बासिन्दाको भनाइ छ । शुक्रबारयता बर्दिवासचोक र हटिया ओरीपरी घुमफिर गरिरहेका यिनी आइतबार साँझ मन्दिर परिसर पुगेका हुन् । शवको प्रकृति हेर्दा यिनी नशालु पदार्थका दुब्र्यशनी भएका हुनसक्ने प्रहरीले प्रारम्भिक अड्कल गरेको छ । यद्यपी मृत्युको यकिन कारण बुझ्न पोष्टमार्टम रिपोर्ट नै पर्खनु पर्ने प्रहरी अधिकारी बताउँछन् ।

मृतकको शव पोष्टमार्टमका लागि जनकपुर अस्पताल पठाइने इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब निरीक्षक बीरेन्द्र सिंहले जानकारी दिए ।

प्रकाशित : २०७६ मंसिर ९, सोमबार ०५:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ