जनकपुरमा करोडौंको जग्गा कब्जाको प्रयास प्रकरण : सिफारिस नै गायब, यूवाहरु आक्रोशित


जनकपुरधाम, ९ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको जानकी गुठिको जग्गा हत्याउने योजना प्रकरणमा नयाँ तथ्य फेला परेको छ ।

भूमाफियाहरुले आफुहरुले उक्त जग्गा किनेको र वडा कार्यालयबाट सिफारिस लिएको दावी गरिरहँदा सिफारिस सहित आवश्यक कागजातको प्रतिलिपि खोजतलास गर्न यूथ एक्शन फोर्स जनकपुरले वडा कार्यालयमा पुग्दा सिफारिस सहित अन्य कुनै प्रमाण दिन नसक्दा नयाँ तथ्य बाहिरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ सिट नं. १३५६—१६किता नंं. २१ को ४ कट्ठा जग्गा उनीहरुले ब्यक्ति भोगचलनका लागि हत्याउन लागेपछि यूवाहरु स्वस्पूmर्त रुपमा गुठीको जग्गा विक्रिवितरण तथा अतिक्रमण विरुद्ध चरणबद्ध संघर्षमा उत्रेको यूथ एक्शन फोर्स, जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाले जानकारी दिए ।

उक्त जग्गा सम्बन्धमा वडा नं. १ का सचिव प्रमान्द झालाई आईतरबार नै सिफारिस सहित भूमाफियाहरुले भन्दै आएको कागजातको प्रतिलिपि उपलब्ध गराउन निवेदन दिएका थिए । वडा सचिव झाले सोमबार मात्र प्रतिलिपि उपबध गराउने भनेका थिए ।

यद्यपी भूमाफियाको ईसारामा सचिव झाले आवश्यक कागजात उपलब्ध नगराएपछि युवाहरु आक्रोशित हुंदै कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए । त्यसपश्चता वडा अध्यक्ष शत्रुधन साहको सहमतिमा मंगलबार आवश्यक कागजात उपलब्ध गराउने लिखित सहमति भएको यूथ एक्शन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

जनकपुरधाम वडा नं।११ का वडा अध्यक्ष रामचन्द्र साहका छोरा प्रकाश कुमार साह ९पप्पु० को नाउमा २०७३ साल बैशाख १६ गतेका बैनाबट्टाको कागजात तयार गरेर उक्त जग्गा हत्याउन लागेको युवाहरुको दावी छ । आफुले किनमेल गरेर काम अगाडि बढाएको पप्पु साहले बताएपनि गुठी, नापी तथा मालपोत कार्याल सहित यथेष्ट प्रमाण जुटाउन सकेको देखिएको छैन् ।

वडा अध्यक्षको उपस्थितिमा चारकिल्ला भिडाएको दाबी गरिरहँदा वडा अध्यक्ष शत्रुधन साहले भने आफू उक्त जग्गाबारे केही जानकारी नरहेको दोहर्याएका छन् ।

यता, उक्त जग्गा सम्बन्धमा मालपोत कार्यालय धनुषा, नापी कार्यालय तथा गुठी संस्थान कार्यालय जनकपुरमा समेत युवाहरुले आवश्यक कागजागत उपलब्ध गराउन पत्र दर्ता गराएका छन् । छिट्टै जग्गाको साविक विवरण उपलब्ध गराउने प्रतिबद्धता गरेको अध्यक्ष झाले बताए ।

प्रकाशित : २०७६ मंसिर ९, सोमबार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ