जनकपुरमा २ सय करोडको योजनाको काम सुरु


जनकपुरधाम, १० मंसिर । जनकपुरधाम सौन्दर्यीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग र जनकपुरधाम उपमहानगरपालिकावीच भएको २ सय करोडको योजनाको काम सुरु भएको छ ।

करिब ६ महिनाअगाडी योजनाको सम्झौता भएको थियो । सम्झौता अनुसार पहिलो चरण अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा ढल निकास योजनाको आज शिलान्यास भएको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गत नेपाल ट्रष्टमा कार्यरत सचिव गजेन्द्र ठाकुर र जनकपुरधामका मेयर लाकिशोर साहले संयुक्त रुपमा योजनाको शिलान्यस गरेको हो ।

आयोजना प्रमुख अरुण सिम्खडाले पहिलो चरण अन्तर्गत २३ करोड ८७ लाख ६७ हजार ९ सय ५६ रुपैयाँमा ३१ सय ८० मिटर पाइज जडान र ८ सय मिटर ढल निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार यही योजना अन्तर्गत उपमहानगरपालिका भित्र ३० वटा पोखरीको शौन्दर्यीकरण समेत गरिनेछ ।

https://www.youtube.com/watch?v=OGvxkURrrv4

यस्तै प्रधानमन्त्री कार्यालय अन्तर्गत नेपाल ट्रष्टमा कार्यरत सचिव गजेन्द्र ठाकुरले पहिलो चरण अन्तर्गत २३ करोडको काम अगाडी बढेको बताउनुभयो । उहाँले बाँकी कामको वातावरण परीक्षा भइरहेको र त्यसपछि बाँकी काम अगाडी बढ्ने जानकारी दिनुभयो ।

जनकपुरधाम सौन्दर्यीकरणको काम अगाडी बढेकोमा मेयर लालकिशोर साहले सुःखी व्यक्त गर्नुभयो । उहाँले ठेकेदारलाई समयमा काम सक्न आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित : २०७६ मंसिर १०, मंगलवार ००:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ