वीरगन्जमा १ लाख ३७ हजार नगदसहित २ जुवाडे पक्राउ


वीरगन्ज, १० मंसिर । पर्सा प्रहरीले १ लाख ३७ हजार रुपैयाँसहित २ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पर्साको बहादुरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा केही व्यक्ति जुवा खेल्मा संलग्न रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट बरामद भएको नगद र तास
पक्राउ पर्नेमा पर्साको बहादुरमाई–९ का ५० वर्षीय बेराहिम मियाँ र वीरगन्ज महानगरपालिका–२६ का ३६ वर्षीय लालबाबु पटेल छन् ।

प्रहरीले उनीहरुको साथबाट ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ र २८ हजार २ सय भारतीय रुपैयाँ गरी १ लाख ३७ हजार १० रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ३ सेट तास र १६ थान कौडा समेत बरामद गरिएको जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १०, मंगलवार ०५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ