विवाह पञ्चमी महोत्वस: आज फूलवारी लीला


जनकपुरधाम, ११ मंसिर । रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलवारी लीला कार्यक्रम हुने भएको छ । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सिताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी हुने गरेको छ ।

जानकी मन्दिरबाट माता सिता र भगवान रामको प्रतीकात्मक स्वरुपलाई विवाह मण्डपको बगैंचामा लगेर फूलवारी लीला मनाइँदै आएको मन्दिरको सह–महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ। त्रेतायुगमा फूल टिप्न गएकी सिताराम रामसँग भेट भएको प्रसंगलाई फूलबारी लीलाको रुपमा मनाइने प्रचलन रहेको छ। जनककी छोरी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी लसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंम्बरका लागि राखेका शिवधनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

प्रकाशित : २०७६ मंसिर ११, बुधबार ०३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ