महोत्तरीको हुलाकी सडकको रहस्यमय तरिकाले गुगल नक्सा परिवर्तन


बर्दिबास, ११ मंसिर । आमजनतालाई थाहा भए अनुसार महेन्द्र राजमार्गको रातु पुल देखि दक्षिण हुँदै किसान नगरको साबिक ९,८,७,६ – पशुपतिनगर पथलैया बजार- रौजा हुँदै जलेश्वर सम्म हुलाकी सडक को काम भैइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोग बाट बनिरहेको उक्त हुलाकी सडकको बर्दिबास नगरपालिका–७ किसानगरको फुलवारी टोल देखि पश्चिम- उत्तर बर्दिबास-८ भप्सी,मसानघटा स्थित बर्दिबास – जलेश्वर सडक खण्डमा जोडिएको नक्सा गुगलमा फेला परेको कुरा बर्दिवास नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष फाल्गुन शुसलिङ्गले जानकारी दिएको छन।

हुलाकी सडक को एतिहासिक पृष्ठभुमि हेर्दा निरङ्कुश राणा शासन को समाप्ती र २००७ सालमा प्रजातन्त्र उदय हुनु भन्दा अगाडि नै तात्कालिन जलेस्वर मालअड्डा र विभिन्न सरकारी कार्यालय को चिट्ठीपत्र महत्वपूर्ण कागजातहरु हुलाकी मार्फत सिन्धुली सदरमुकाम एवं राजधानी सम्म पुर्याउन सहज पैदल मार्ग को रुप मा चलन चल्ती मा आयको मार्ग पछि मानव बस्ती बस्न सुरु भै सकेको अवस्था मा २०१६ सालको सर्वे नापीले हुलाकी सडक नामाकरण भएको र तात्कालिन पन्चायती व्यवस्थाका रास्ट्रीय पन्चायत सदस्य माननीय हरु को बदमासि बाट २०३८/०३९ सालतिर हुलाकी सडकमा पर्ने बौधी माइस्थान लाइ सोनामाइस्थान बनाइ षड्यन्त्र पुर्वक कालो पत्रे को सर्वे गराइ सडक बर्दिवास औरही जलेश्वर कायम गरि किसाननगर का जनता को भबिष्य माथि खेलवाड भएको लगभग ३० बर्ष पछि हुलाकी सडक को हाल बाटोको मुआव्जा समेत किसानले लिइ कालो पत्रे काम को अन्तिम समयमा पुगि भु माफियाहरुको षडयन्त्रमा हुँदै नभएको बाटो कायम गरि ब.न. पा.७ फुलवारी टोल बाट मसान घट्टा जोडेर षड्यन्त्र को चरम पराकाष्ठा को हद्पार गरेको छ षडयन्त्रकारी लाई कानुनी कठ्घरा मा उभ्याइ साविक को हुलाकी बाटो को नक्सा काएम होस भनी सर्बसाधारण आम जन्ताको माग छ साथै गुगलमा नक्सा सच्चियाउन पनि स्थानीहरुले सरकारसंग माग गरेको छ। कसैको नाम किटेर कसैलाइ दोषा रोपण नगरे पनि चोर को खुट्टा काट भन्दा खुट्टा सारे जस्तो मानसिक सन्तुलन गुमाएको व्यक्ती जस्तो सामाजिक सन्जाल मा प्रस्तुत भै रहेको हुदा सचेत रहन समेत वडा प्रमुख ले आग्रह गर्नु भयो र यो समस्या लाई छिटोभन्दा छिटो समाधान हेतु हुलाकी सडक संघर्ष समिती कायम गरि इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, नापी कार्यलय , मालपोत कार्यालय बर्दिबास र बर्दिबास नगरपालिकामा पनि ज्ञापनपत्र बुझाएका कुरा ब.न. पा ७ को वडा प्रमुख फाल्गुन सुशलिङ्ग ले बताएका छन।

प्रकाशित : २०७६ मंसिर ११, बुधबार ०३:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ