विवाह पञ्चमी : ३६ व्यञ्जन खुवाएर अयोध्याका जन्तीलाई विदाई गर्ने तयारी


जनकपुरधाम, १६ मंसिर । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज रामकलेवा अर्थात् जन्ती बिदाई गरिदैछ । पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई विवाह पश्चात बिदाई गर्ने परम्परा अनुरुप आज रामकलेवा मनाइँदै छ ।

विधि विधान अनुसार रामकलेवामा अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरबाट भोजन गराई बिदाई गर्ने गरिन्छ । जन्तीलाई ३६ व्यञ्चनको भोजन गराउने तयारी गरिएको छ । बिदाईका क्रममा मिथिलाको परम्परामा आधारित धोती, डोप्टा र पागले बिदाई गरिन्छ।

विवाह पञ्चमीको स्वयम्बरका दिन विवाह भएको जोडीहरुलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरुले एक अर्का पक्षलाई गाली गर्दै ठटयौली गर्ने परम्परा समेत रहेको छ । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत रामकलेवा अन्तर्गत बिदाईसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ ।

https://www.youtube.com/watch?v=9ofwKJH46eM
https://www.youtube.com/watch?v=YEqmAWcCkAo
https://www.youtube.com/watch?v=SQbkrs615kU
प्रकाशित : २०७६ मंसिर १६, सोमबार ०२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ