विवाह पञ्चमी : जनकपुरमा करोडौंको कारोबार, व्यापारी खुःसी !


जनकपुरधाम, १६ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी सिताराम विवाहपञ्चमी महोत्सव जारी छ । गएको १० गते देखि नै सुरु भएको महोत्सव सोमबार (आज) सम्पन्न हुँदैछ । भारतमा लामो समयदेखि विवादमा रहेको राम मन्दिरको फैसला हिन्दु धर्म पक्षधरमा आएपछि जन्तीहरु एक सत्ता अगावै अत्यधिक संख्यामा उत्सव मनाउन जनमपुरधाम आइपुगेका छन् ।

यहाँ श्रद्धालुहरुको भिंड अत्यधिक बढेकाले सानादेखि ठुला व्यवसाय पनि उकासिएको छ । जताततै साना व्यवसायको लागि व्यापारीहरुले पसल थापेका छन् भने ठूला पसलहरुमा पनि निकै भिँड देखिएको छ । उनीहरुले व्यवसायबाट मनग्य आम्दानी भइरहेको बताएका छन् । मुख्यतः विवाहपञ्चमीलाई लक्षित गरी मिठाई, प्रसाद, फलफुल, कपडा लगायतको पसलहरुमा सेवाग्रहीको चाप बढेको हो ।

जनक चोकमा मिठाइ पसल सञ्चालन गरेका कृष्णा साहले दैनिक २० देखि २५ हजार सम्मको व्यापार भइरहेको बताए । उनले सप्ताहव्यापी महोत्सवमा मात्र दुई लाख रूपैयाँ भन्दा बढीको मिठाई विक्री गरेको भन्दै संतोषजनक कारोवार भइरहेको सुनाए । प्रत्येक वर्ष महोत्सव र मेलामा थप कामदार ल्याएर व्यापार बढाउने गरेको उनको भनाई छ ।

यस्तै, जानकी मन्दिर अगाडी फुलको माला बिक्री गरिरहेकी सबिता देवी मालीले मेहनत गरेपछि कुनै पनि व्यापार राम्रै हुने गरेको तर्क गर्दै आफ्नो व्यवसाय पनि राम्रो भइरहेको बताए । ‘यो हाम्रो सिजन हो, विवाहपञ्चमीमा प्रत्येक वर्ष राम्रो आम्दानी हुन्छ,’उनले भने, ‘यकिन साथ भन्न त सकिदैन् तर, महोत्सव सुरु भएदेखि ४०÷५० हजारको हराहारीमा फुल बिक्री भएको छ ।’

प्रकाशित : 2 December 2019 5:26 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ