पर्सा सहितका ६ सिडिओको सरूवा, हेर्नुस् को कहाँ पुगे


काठमाडौं, १७ मंसिर । गृहमन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवनमा सरूवा गरिएको छ। जिप्रका भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, जिप्रका चितवनका कार्यरत बस्नेतलाई जिप्रका पर्सा सरूवा गरिएको छ भने पाण्डेलाई जिप्रका भक्तपुर सरूवा गरिएको छ ।

त्यसैगरी जिप्रका लमजुङमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ भने अध्यागमन कार्यालय त्रिअविका खड्का जिप्रका लमजुङ सरूवा भएका छन् ।गृहले मंगलबार सूचना जारी गर्दै छ जना सिडिओको सरूवा गरेको जानकारी दिएको छ ।

https://www.youtube.com/watch?v=AX9tUoXcwtg&t=6s
https://www.youtube.com/watch?v=K34vI7VKxhk
https://www.youtube.com/watch?v=9ofwKJH46eM
प्रकाशित : 3 December 2019 11:51 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ