धनुषा : भाइले चलाएको जेसिबीले चोट लाग्दा घाईते भाइको ज्यान गयो


जनकपुरधाम, १७ मंसिर । जेसिबीमा चोट लागेर गम्भिर घाईते भएका एक युवकको प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको छ । उपचारकै क्रममा मिथिला विहारी नगरपालिका १० का भाग्यनारायण यादबको ज्यान गएको हो ।

मिथिला बिहारी नगरपालिकामै सरोज यादवले सोमवार चलाएको बा २ क ७४२२ नम्बरको जेसिबी पछाडी गर्ने क्रममा भाग्यनारायण गम्भिर चोट लागेको थियो । घाईते उनलाई तत्कालै प्रादेशिक अस्पताल ल्याए । तर आज उपचारका क्रममा ज्यान गएको उनको आफ्न्तले जनाएको छ ।

जेसिबी चलाउने सरोजका सहोदर भाई थिए मृतक भाग्यनारायण । दाई भाईबीच झगडा भएकाले जानेरै जेसिबीले ठक्कर दिएको हुनसक्ने स्थानीयले बताएका छन् । तर यसबारे प्रहरी केहि बताएका छैन ।

जेसिबी धनुषाधाम प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक सरोज फरार भएका छन् ।

https://www.youtube.com/watch?v=yy0FB5w8U18
https://www.youtube.com/watch?v=AX9tUoXcwtg&t=20s
https://www.youtube.com/watch?v=9ofwKJH46eM
प्रकाशित : २०७६ मंसिर १७, मंगलवार १२:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ