राजेन्द्र महतो बने काठमाडौंको सम्धी


काठमाडौं, २० मसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले काठमाडौंसँग सम्बन्ध गाँसेका छन् । विहिवार उनका छोरा राघवेन्द्र महतोले काठमाडौंकी पालिशा तुलाधरसँग विवाह गरेका हुन् ।

बिहीवार काठमाडौंमा एक समारोहबीच राघवेन्द्र र पालिशाबीच विवाह सम्पन्न भयो । विवाहमा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई समेत सहभागी भए । साथै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र राजपाका नेताहरु सहभागी भएको तस्विर सार्वजनिक भएको छ ।

मधेस आन्दोलनका बेला राजेन्द्र महतोलाई काठमाडौं विरोधी भनेर चिनिन्थ्यो । तर अहिले काठमाडौंसँगै सम्बन्ध गाँसेपछि उनी पहाड विरोधी नभएको स्पष्ट भएको छ । यस विवाहलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

https://www.youtube.com/watch?v=7zyIw8X-5-0
https://www.youtube.com/watch?v=e8x0oeXlEG4
https://www.youtube.com/watch?v=hgXaMMarILI
प्रकाशित : २०७६ मंसिर २०, शुक्रबार ०१:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ