महोत्तरीको झाडीमा भेटियो अत्याधुनिक पेस्तोल र गोली


महोत्तरी, २० मंसिर । महोत्तरीमा सशस्त्र प्रहरीले अत्याधुनिक पेस्तोल, गोली र म्याग्जिन बरामद गरेको छ । सश्त्र प्रहरी विओपी जलेश्वरको टोलीले जलेश्वर नगरपालिका ६ धबौलीबाट एक थान पेस्तोल, सोमा लाग्न ५ राउण्ड गोली र एउटा म्याग्जिन बरामद गरेको हो ।

बरामद पेस्तोलमा ‘ओरनान्स कम्पनी इन्डियन, मेडइन २००५’ उल्लेख छ । उक्त पेस्तोल ७।६५ एमएमको भएको सशस्त्र प्रहरीले जनाएको छ । पेस्तोल, गोली र म्याग्जिन झाडीबाट बरामद भएको र कसले त्यहाँ राखेको विषयमा केहि खुल्न सकेका छैन ।

प्रकाशित : २०७६ मंसिर २०, शुक्रबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ