नेतृत्व विकासका लागि किशोरीलाई तालिम


जनकपुरधाम, २२ मंसिर । महिला शसक्तिकरण अभियानको आयोजनामा जनकपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत किशोरीहरुका लागि नेतृत्व विकास तालिम सुरु भएको छ ।

संयुक्त राष्ट्रिसंघीय जनसंख्या कोषको सहयोग र सामाजिक विकास मन्त्रालयको सहकार्यमा शुक्रवारबाट सुरु भएको उक्त तालिममा प्रदेश २ के विभिन्न जिल्लाकी दर्जनौं किशोरी सहभागी छन् । तालिम चार दिनसम्म चल्ने जनाएको छ ।

समाजमा महिला हिंसा रोक्न किशोरीहरुका लागि नेतृत्व विकास तालिम आयोजना गरिएको आयोजक संस्थाकी कञ्चन तिवारीले जानकारी दिइन् ।

उनले भनिन्, ‘आजको किशोरी नै भोलीको महिला हो । त्यसैले आज किशोरीहरु नेतृत्व तहमा पुगेपछि महिला हिंशाको अन्त्य हुने विश्वास छ ।’

प्रकाशित : २०७६ मंसिर २२, आईतवार ०१:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ