सिरहामा हाथीले कुल्चेर एक बालकको ज्यान लियो, गाउँ शोकमा


जनकपुरधाम, २४ मंसिर । सिरहाको मिर्चैया नगरपालिका ९ मा हाथिले कुल्चेर एक बालकको ज्यान लिएको छ ।

स्थानीय श्रवण महतोका ८ बर्षिय छोरा रबिन्द्र महतोलाई हाथिले ज्यान लिएको हो । घरमै सुतेको अबस्थामा जंगली हाथिले आक्रमण गरी बालक महतोको ज्यान लिएको सिरहा प्रहरीले जनाएको छ ।

बालकको मँत्युपछि उक्त टोलका बासिन्दा शोकमा डुबेका छन् । यहाँ हाथिले पटक पटक दु:ख दिने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : 10 December 2019 3:49 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ