कोठामा भेट्न बोलाएर युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन


काठमाडौं, २४ मंसिर । काठमाडौंको कपनमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर उनको लिङ्ग छेदन गरिदिएकी छन् ।

काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएकी प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त बौद्धले लिङ्ग छेदन गर्ने युवतीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीसँगको बयानका क्रममा युवतीले प्रेमी युवकले विहेको प्रस्ताव अस्वीकार गर्दा उनको लिङ्ग छेदन गरिदिएको बताएकी छन् । फरक धर्मको भएका कारण युवकले घरबाट आफूहरुको विवाहलाई मान्यता नदिने समस्या रहेको भन्दै विवाह गर्न नसकिने जवाफ युवतीलाई दिएका थिए ।

बौद्धमा रहेको ह्यायात होटलमा काम गर्ने दुवै जना करिब एक–डेढ वर्षदेखि प्रेममा रहेका जनाइएको छ । पछिल्लो समय युवतीले विवाहका लागि ‘कर’ गर्न थालेपछि युवकले उनीसँग फोन सम्पर्क गर्न समेत छाडेका थिए ।

तर, सोमबार राति प्रेमिकाले अन्तिम पल्ट भएपनि भेट्नका लागि कोठामा आउ न भन्दै बोलाएकी थिइन् । कोठामा दुवैजनाबीच त्यस्तो कुनै विवाद भएको नदेखिए पनि युवतीले चक्कुले युवकको लिङ्ग छेदन गरिदिएकी देखिएको प्रहरीले जनाएको छ ।

लिङ्ग छेदन गरिएका युवाको अहिले काठमाडौंको चावहिलस्थित ओम अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । प्रहरीले पक्राउ परेकी युवतीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । – खबरहब

प्रकाशित : २०७६ मंसिर २४, मंगलवार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ