मारुती सिमेन्टले हटाएपछि मजदुर महिलाले गरिन् आत्महत्या, आन्दोलन सुरु


सिरहा, २४ मंसिर । सिरहाको गोलबजार नगरपालिकामा पर्ने मारुती सिमेन्ट उधोगले हटाएपछि एक महिला मजदुर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । उधोग व्यवस्थापन पक्षले हटाएकै कारण गोलबजार नगरपालिका ९ की अनिता पासवानले आत्महत्या गरेकी हुन् ।

आत्महत्याको खबर पाएपछि उधोगका मजदुरहरु आन्दोलन थालेका छन् । अहिले पूर्वपश्चिम राजमार्ग मजदुरहरुले अवरुद्ध पारेर उधोग विरुद्ध प्रदशर््न गरिरहेका छन् । उधोगको लापरबाहीले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ती दिनुपर्ने मजदुरहरुको भनाई छ ।

आत्महत्या गरेकी पासवान विगत २ वर्षदेखि कार्यरत थिइन् ।

प्रकाशित : 10 December 2019 10:36 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ