सिरहाको बरियारपट्टीमा छात्रालाई साइकल वितरण


मुकेश यादब/ सिरहा, २५ मंसिर । सिरहाको बरियारपट्टी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीमा मंगलवार प्रदेश २ सरकारद्वारा “बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत कक्षा ८ का ३८ जना छात्राहरु लागि साइकल वितरण गरिएको छ ।

साइकल बितरण गर्दै बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संन्तोष कुमार महतोले विकास निरन्तर भइ रहने प्रकृया भएको बताए । उनले भवन निर्माण, छात्रावास निर्माण लगायत अन्य वाहिरी विकास भन्दा आन्तरिक विकास जरुरी रहेको भन्दै त्यसमा शिक्षाको विकास नभइकन अरु विकास हुन नसक्ने बताए ।

जनता माध्यमिक विद्यालयको प्रधान अध्यापक विनोद मंडलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेखा कुमारी यादव, वाड नं. २ का वडाअध्यक्ष विजय महतो, शिक्षक श्यामनन्दन यादब लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

https://www.youtube.com/watch?v=BQJ_bLYY1gA&t=4s
https://www.youtube.com/watch?v=FOMR9fBcY0Y&t=217s
https://www.youtube.com/watch?v=WJPnlu68IcM
https://www.youtube.com/watch?v=jSjf0NyamQc
प्रकाशित : २०७६ मंसिर २५, बुधबार ०३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ