धनुषा बिस्फोट : ज्यान गुमाउने इन्स्पेक्टरले गरेका थिए रौतहट एसिडकाण्डको अनुसन्धान


काठमाडौ, २८ मंसिर । धनुषामा शुक्रबार राति भएको शक्तिशाली बम बिस्फोटको घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षक अमिर कुमार दाहालले २०५४ सालमा असइबाट प्रहरीकाे जागिर थालेका थिए ।

एक वर्षअघि उनी प्रहरी निरीक्षकमा बढुवा हुँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको इन्चार्जको रुपमा कार्यरत थिए । दाहाल तिनै प्रहरी अफिसर हुन् जसको नेतृत्वमा रौहतट एसिडकाण्डको सफल अनुसन्धान भएको थियो । उनले पूर्व प्रधानमन्त्री झलनाथ खनालको पिएसओको रुपमा पनि काम गरेका थिए ।

संखुवासभा पुर्ख्यौली घर भएका उनको परिवार हाल काठमाडौँको जोरपाटीमा बस्दै आएको छ । उनका ११ वर्षका एक छोरा छन् । केही समययता महेन्द्रनगरको इन्चार्जका रुपमा कार्यरत दाहाललाई शुक्रबार राति शौचालयमा बम जस्तै शंकास्पद बस्तु राखिएको सूचना आयो । उनी प्रहरी टोलीसहित घटनास्थल पुगे ।

फलामे डण्डीमा झुण्डाइएको झोलाबारे अनुसन्धान गर्ने क्रममा बिस्फाेट हुँदा प्रहरी निरीक्षक दाहालसहित तीनजनाको मृत्यु भयो । ‘घटना योजनाबद्ध ढंगले घटाइएको देखिन्छ’, एक प्रहरी अधिकृत भन्छन् ।

– देशसञ्चार

प्रकाशित : २०७६ मंसिर २८, शनिबार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ