धनुषा बमकाण्ड : इन्सपेक्टर साहको संयोजकत्वमा छानबिन समिति, दुई महिलासहित तीन पक्राउ


सन्तोष यादव / जनकपुरधाम, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएपछि घटनाको छानबिन गर्न प्रहरीले छानबिन समिती गठन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानबीन समिति बनाएको हो । उक्त समितिले घटनाको छानबिन अगाडि बढाएको प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न रहेको आशंकामा दुई महिलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्नेमा हंशपुर नगरपालिका २ की सीतादेवी महरा, सोही ठाउँकी ललितादेवी महरा र मिथिला विहारी नगरपालिका १ का ररामसोभित धानुक छन् ।

https://www.youtube.com/watch?v=ztsd_NrVVDM

बम विस्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, क्षीरेश्वरनाथ ५ का रामेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ । मृतक रामेश्वरको आँगनको गेटमा राखिएको बम शुक्रबार मध्यरातमा विस्फोट भएको थियो।

प्रकाशित : 14 December 2019 11:10 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ