सप्तरीमा अनौठो घटना : माछाको मार्न थापेको जालमा भेट्यो शिशुको लाश


सप्तरी, २८ मंसिर । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३, हर्दियास्थित पोखरीमा शनिबार नवजात शिशुको शव (लाश) भेटिएको छ ।

तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु ९बालिका०को शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँको भित्री सडकखन्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेलापरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइँले बताए । रासस

https://www.youtube.com/watch?v=ztsd_NrVVDM
प्रकाशित : 14 December 2019 2:04 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ