BREAKING- सिन्धुपाल्चोकमा भयानक दुर्घटना : कम्तिमा ११ जनाको मृत्यु


जनकपुरधाम, २९ मंसिर । सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना भएको छ । बस पूर्णरुपमा क्षति भएको देखिएको छ । घटनामा कम्तिमा ११ जनाको मृत्यू भएको हो ।

प्रहरीका अनुसार दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सडकभन्दा ५ सय मिटर तल खसेको छ । सुनकोशी गाउँपालिका ७ मा पर्ने ६ किलो मोडमा बिहान करिब सवा ८ बजे बस दुर्घटना भएको प्रहरीको भनाई छ ।

मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

https://www.youtube.com/watch?v=8C6-ywNbZgs
https://www.youtube.com/watch?v=ztsd_NrVVDM
प्रकाशित : २०७६ मंसिर २९, आईतवार ०३:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ