राजपाको तदर्थ समिति गठन गर्ने म्याद २० दिन थप्यो


जनकपुरधाम, २९ मंसिर । राष्ट्रिय जनता पार्टीले ५ तहका तदर्थ समिति गठन गर्ने म्याद २० दिन थप गरेको छ ।

अध्यक्ष मण्डलको आइतबार बसेको बैठकले वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला तदर्थ समिति गठन गर्ने म्याद १५ पुससम्म थप्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले जानकारी दिए । यसअघि तदर्थ समिति गठन गर्ने म्याद २५ मंसिरसम्म तोकिएको थियो ।

त्यस्तै बैठकले ३० मंसिरका लागि बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठक अर्को सूचना जारी नभएसम्मलाई स्थगित गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ