धनुषाधामको विद्यालय झ्यालमा भेट्यो शंकास्पद झोला, बमको आशंका


जनकपुरधाम, ३० मंसिर । धनुषामा पछिल्ला केही दिनमा बम तथा शंकास्पद बस्तुले जनजीवन प्रभावित बनाएको छ ।

पछिल्लो पटक धनुषाधाम नगरपालिका ५ स्थित श्री उच्च माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालमा शंकास्पद बस्तु फेला परेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताएका छन् । स्कूल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ भने सर्वसाधारणलाई त्यस क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ ।

यसअघि आइतबार राति जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरबाट बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको थियो । यस्तै सोमबार बिहान सोही वडाको सरस्वती नमुना मावि नजिक पनि शंकास्पद बस्तु फेला परेको थियो ।

शुक्रबार एक ठाउँमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने आइतबार रातिदेखि सोमबार बिहानसम्ममा तीन ठाउँमा शंकास्पद बस्तु फेला परेका छन् ।

प्रकाशित : २०७६ मंसिर ३०, सोमबार ०६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ