सिरहाका मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, ३० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात दिन आनाकानी गरी घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मण्डलले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ ९१० बमोजिम भ्रष्टाचार पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको बताए ।

मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय र ५ लाख रुपैयाँ विगो मागदावी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ३०, सोमबार ११:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ