सप्तरीमा विहे गर्छु भनेर किशोरीलाई बलात्कार गर्ने मण्डल पक्राउ


राजविराज, २ पुस । विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ ।

घरमा अन्य कोही नभएका बेला गत मंसिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले मंसिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंसिर ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

आरोपितले भने आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन् । रासस

प्रकाशित : 18 December 2019 6:04 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ