प्रहरी जवान यादब १५ हजार घुस लिएलगतै पक्राउ


जनकपुरधाम, २ पुस । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएलगतै प्रहरी जवान सरोजकुमार यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । प्रहरी जवान यादब १५ हजार घुस लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले पक्राउ परेका प्रहरी जवान यादवलाई कलैया उपमहानगरपालिका ३ बाराबाट नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रकाशित : २०७६ पुष २, बुधबार ११:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ