प्रदेश २ का मन्त्री साहको फेसबुक ह्याक गरी पैसा ठग्ने प्रयास !


जनकपुरधाम, २ पुस । प्रदेश २ का सामाजिक विकासमन्त्रीको फेसबुक एकाउण्ट ह्याक गरी ह्याकरले अन्य व्यक्तिसँग रकम माग्ने गरेको पाइएको छ ।

नवलकिशोर साह -Nawalkishor_ नामले बनेको उनको फेसबुक अकाउण्ट ह्याक गरी ह्याक्करले विभिन्न व्यक्तिसँग इमरजेन्सी काम भन्दै रकम माग्ने गरेको पाइएको हो । सप्तरीकी एक महिलासँग उक्त फेसबुक प्रयोग गरी म्यासेन्जरमा ४० हजार नगद मागेको खुलेको छ ।

मन्त्री साहको फेसबुक अकाउण्ट प्रयोग गरी ह्याक्टरले अन्य व्यक्तिसँग समेत रकम माग्ने गरेका छन्। एक महिलासँग म्यासेन्जमा अंग्रेजी शब्दमा हिन्दी भाषा प्रयोग गरी ४० हजार मागेको र ४ दिनपछि फिर्ता गरिदिने म्यासेज गरेको देखिन्छ। अन्य व्यक्तिलाई पनि म्यासेन्सरमा यसरी नै पैसा मागेका थिए।

पैसा मागेपछि केही व्यक्तिले मन्त्री साहलाई फोन गरी जानकारी गराउँदा उनी आश्चर्यचकित भएको बताए। उनले चेकगर्दा पुरानो फेसबुक अकाउन्ट ह्याक भएको बल्ल थाहा पाए। त्यसपछि उनले हाल चलाउँदै आएको अकाउण्टमा ‘पुरानो फेसबुक केहि वर्षदेखि नचलाएको र ह्याक्ड भएको’ सूचना उल्लेख गरी सबैलाई जानकारी गराएका छन्।

मन्त्री साहले लेखेका छन्, ‘…Please ignore any message/post from this hacked account.’ उनले फेसबुकको प्रोफाइल तस्विरसमेत परिवर्तन गरिएको छ। उनले यसविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत उल्लेख गरेका छन् । यस विषयमा बुझ्न उनीसँग मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्दा हुन सकेन ।

– thahakhabar.com

प्रकाशित : २०७६ पुष २, बुधबार ११:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ