जनकपुरकी न्यायाधिशको अंगरक्षक प्रहरी जवानको पेस्तोल लिएर भागेका प्रेमी पक्राउ


जनकपुरधाम, ३ पुस । उच्च अदालत जनकपुरकी न्यायाधिस सकुन्तला घिमिरेको अंगरक्षक प्रहरी जवान रनिता केवटको पेस्तोल लिएर भागेका प्रेमी सिबेन्द्र यादब पक्राउ परेका छन् ।

नवलपरासीको देउडा ६ घर भएका यादबलाई जनकपुरधाम उपमहानगरपालिका १५ बाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । उनले लिएर भागेको पेस्तोल र सात राउण्ड गोली पनि बरामद भएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटसँग विवाद भएपछि उनका प्रेमी यादब पेस्तोल लिएर भागेका थिए । घटनापछि प्रहरी जवान केवटलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।

प्रकाशित : २०७६ पुष ३, बिहीबार ११:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ