धनुषामा भयावह दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यू, दुई जना गम्भिर घाईते


धनुषा, ३ पुस । एकआपसमा जुधेका दुई मोटरसाइकललाई ट्रकले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

विहिवार साँझ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर स्थित बसही पुल नजिक तिव्र गतिमा रहेको दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा ट्रकले पनि ठक्कर दिएको प्रहरी स्रोतले बतायो ।

पूर्वपक्षिम राजमार्ग ढल्केवर चौकभन्दा पूर्व रोइल सम्राट होटल नजिक पूर्वबाट पक्षिम आइरहेको ज ९ प ९८५९ नम्बरको होन्डा साइन र पक्षिमबाट पूर्व गइरहेको ना ६५ प ९२९२ नम्बरको पल्सर मोटरसाइकल ठोकिदा होन्डा साइनमा सवार व्यक्तिको घटना स्थलमै मृत्यु भएको छ भने पल्सरमा सवार दुई जना घाइते भएका छन ।

फेरि पछाडिवाट आएको ना ५ ख ८२९६ नम्बर को ट्रकले त्यही मोटरसाइकलमा ठोकेर चालक फरार रहेको ढल्केवर प्रहरीले बताएको छ । दुर्घटनामा ज ९ प ९८५९ मोटरसाइकल चालक मिथिला नगपालिका ३ हरिरियरपुर मामा घर बस्ने २० वर्षीय दिप कुमार महतोलाई जनकपुर प्रदेशिक अस्पताल पुर्‍याइए पनि उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

घाइते हुनेमा ना ६५ प ९२९२ नम्बर पल्सर मोटरसाइकल सवार धनुषाधाम नगरपालिका वडा नम्बर ९ धरापानी बस्ने २४ वर्षीय रमेश मगर र १८ वर्षीय निरज मगर रहेका छन् । दुबै जनाको ढल्केवरमा उपचार भइरहेका ढल्केवर प्रहरीले बताएको छ ।

दुबै मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ८२९६ नम्बर ट्रक ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएो छ भने ट्रकका चालक फरार रहेका छन् ।

प्रकाशित : 19 December 2019 2:50 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ