जनकपुरबाट विप्लवका कार्यकर्तालाई प्रहरीले उठाए


जनकपुरधाम, ४ पुस । विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा कार्यकर्ता रोहित ढकाल छन् ।

जनकपुरबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी अधिकारीले पुष्टि गरे । ति अधिकारीका अनुसार पक्राउ पर्ने ढकाल आफुलाई पत्रकार भनेर परिचय लुकाउने प्रयास गरेका थिए ।

पक्राउ परेका ढकालमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । केहिदिन अघिदेखि ढकाललाई फन्दामा पार्ने प्रयास प्रहरीले गरिरहेका थिए । विहिवार दिउँसो विशेष सूचनाको आधारमा ढकाललाई पक्राउ गर्न सफल भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान लिनेगरी भएको शक्तिशाली बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेको निष्कर्ष निकालेको बताइएको छ । सोही कारण प्रहरी विप्लव समूहलाई टार्गेट गरी अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/watch?v=k7y2B3vImKM

बम विस्फोट घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा सात सदस्य समिति समेत बनाएको छ । प्रहरी निरीक्षक साहको टोलीले बम विस्फोट घटनाको विहानपल्टै तीन जनालाई नियन्त्रणमा लिन सफल भए ।

ति तीन जनामध्ये एक जना विप्लव समूहको भएको प्रहरीको दावी छ । विप्लव समूहका ढकाल पनि पक्राउ परी अनुसन्धान थालेको छ । उनी पनि बम विस्फोटको घटनामा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

https://www.youtube.com/watch?v=uYDCPfINqU4
https://www.youtube.com/watch?v=BuKLUxCtMz8
प्रकाशित : २०७६ पुष ४, शुक्रबार ०३:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ