नेपाल प्रहरीका २४ एसपीको सरुवा, रमेश बस्नेत धनुषा आउँदै


काठमाडौं, ४ पुस । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेशकुमार बस्नेतको सरुवा भएको छ । आकर्षक जिल्ला झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ ।

त्यस्तै, कञ्चनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रविराज खड्काको रौतहटमा सरुवा भएको छ। मकवानपुरमा सुशीलसिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ।

चितवनका दानबहादुर मल्लको विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।

प्रकाशित : २०७६ पुष ४, शुक्रबार ११:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ