सभामुख र उपसभामुख दुवैमा आफ्नो पार्टीको दाबी छैन् : बाबुराम भट्टराई


काठमाण्डौं, ४ पुस । सत्ता साझेदार दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवैमा आफ्नो पार्टीको दाबी नरहेको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार संसद भवन नयाबानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले उपसभामुखका बिषयमा छलफल गर्न तयार रहेपनि आफ्नो दलको दावी नरहने बताउनुभयो । बहुमत प्राप्त नेकपाको नेतृत्वमा सरकार भएको हुनाले नेकपाले जे चाह्यो त्यही हुने उहाको भनाई छ ।

यस्तै अध्यक्ष भट्टराईले सरकारमा रहने वा नरहनेबारे पार्टीले छिट्टै निर्णय लिने पनि बताउनुभयो । संविधान संशोधन गर्ने भनेर शसर्त सरकारमा गएको भएपनि यस बिषयमा सरकारले चासो नदेखाएको भन्दै अन्तिम पटक सरकारसंग वार्ता गर्ने उहाले बताउनुभयो ।

प्रकाशित : २०७६ पुष ४, शुक्रबार १२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ