बारामा महिलालाई जिन्दा जलाए ! जलिरहेको लाश प्रहरीले लिए नियन्त्रणमा


कलैया, ५ पुस । बारा जिल्लाको पचरौता नगरपालिकामा शुक्रवार प्रहरीले एकजना आधा जलेको महिलाको लाशलाई नियन्त्रणमा लिएको छ । महिलालाई हत्या गरी लाश जलाउन लागेको सुचना प्राप्त भएपछि प्रहरी पुगेर लाश नियन्त्रणमा लिएको हो ।

यो घटना शुक्रवारको हो । प्रहरीले जलाउँदै गरेको शवलाई नियन्त्रणमा लिएपछि मलामीहरु भगाभाग भएका थिए । स्थानीयहरुका अनुसार महिलाको हत्यापछि शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएका छन् ।

पचरौता नगरपालिका १ पिपरपातीका अन्दाजी ३८ वर्षिया माल्ती देवीलाई उनका आफन्तहरुले जलाएर प्रमाणनष्ट गर्न लागेका थिए । हत्या गरी जलाउँदै गरिएको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानएको छ ।

‘घरमा झगडा हुँदा घरकै एकजना महिलाको मृत्यु भएको सूचना प्राप्त भएपछि त्यसको विषयमा सोधपुछ गर्न प्रहरी टोली घटनास्थल तर्फ पठाइएको थियो’ बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालले भने, प्रहरी पुग्दा लाश जलाउन थालिएकोले निभाएर लाशलाई नियन्त्रणमा लिएको छ ।

रामदयाल महतोले आफ्नै श्रीमती माल्ती देवीको हत्या गरेर शवलाई जलाउँदै गरेको तथ्य गाउँमा खुलेपछि प्रहरी टोली शव जलाइरहेको स्थानमा पुगेर नियन्त्रणमा लिएको एसपी खनालले जनाए ।

हत्याको आरोपी रामदयाल महतोको घरबाट नेपाल भारतको सीमा करिब ४ सय मिटर दुरीमा रहेकोछ । मृतकलाई त्यहीं सीमामा जलाउन लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । लाश जलिरहेको स्थानमा प्रहरी पुग्दा त्यहाँ रहेका सबै फरार भएका थिए ।

प्रहरीले आधा जलेको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया ल्याएको छ ।मृतका पति रामदयाल र उनका परिवारका सदस्यहरु फरार रहेको एसपी खनालले जनाए ।

प्रकाशित : 21 December 2019 7:12 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ