प्रदेश २ मा बेतिथि : ९० करोड भुक्तानी बाँकी, प्रदेश साँसदहरु काम विहिन


जनकपुरधाम, ५ पुस । सांसदहरुले गत वर्षको भुक्तानी नभए सम्म सदन चल्न नदिने भएपछि प्रदेश सभाको बैठक अलपत्र परेकोछ । गत आर्थिक वर्षको अन्तिम समयमा छनौट भएका योजनाहरुको अधिकांश भुक्तानी रोकिएको छ ।

प्रदेश साँसदहरुको समेत योजनाको भुक्तानी रोकिएपछि उनीहरुले भुक्तानी नभए सम्म सदन चल्न नदिने धम्की दिएपछि सरकारपनि मौन बसेको छ । प्रदेश सभाले ८ सय ४२ वटा योजनाको भुक्तानी दिने प्रतिवेदनलाई अनुमोदन गरेको छ । कात्तिक महिनाको अन्तिम हप्ता बसेको प्रदेश सभाको बैठकले सभामुख सरोज कुमार यादवको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदनलाई प्रदेश सभाले पारित गरिसकेको छ ।

प्रदेशसभाले अनुमोदन गरेको प्रतिवेदन अनुसारको रकम भुक्तानी गर्नुपर्ने साँसदहरुको माग छ । प्रदेशसभाबाट पारित भएको प्रतिवेदनलाई प्रदेश २ सरकारलेपनि अनुमोदन गरिसकेको छ । तर पनि प्रकृयागत रुपमा रकम भुक्तानी गर्न नमिल्ने प्रदेश सरकारका एकजना उच्च अधिकारीले जनाए ।

‘प्रदेशसभाले अनुमोदन गरेका योजनाहरुको भुक्तानी तत्काल सरकारले गर्नुपर्छ’राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका प्रदेश साँसद उपेन्द्र महतोले भने,भएका कामको भुक्तानी नगरिए सम्म सदन चल्न सहज छैन् । योजनाको भुक्तानी नहुँदा साँसदहरुलाई क्षेत्रमा जान समेत समस्या भएकाले सरकार गंभीर हुनुपर्ने उनले बताए ।

गत वर्ष सुरु भएको हिउँदे अधिवेशन अझैपनि जारी नै छ । लोकतान्त्रिक पद्धति अनुसार वर्षमा दुई पटक बैठक बस्ने चलन छ । जाडोमा हिउँदे अधिवशेन विधेयकहरु पारित गर्न र बजेटका लागि बजेट अधिवेशनको प्रावधान छ ।देशको सात प्रदेश मध्ये ६ वटा प्रदेशमा हिउँदे र बजेट अधिवेशनको बीचमा केहि दिन सदन स्थगन गरिएको हो ।

तर प्रदेश २ मा अधिवेशन स्थगित नभएपनि विधेयकहरुको अभावमा महिना भन्दा बढी समय स्थगित नै रहने गरेको छ । एक वर्षमा सदन निरन्तर १५ दिन चलेको छैन् । प्रदेश सभाका सचिव रञ्जित यादवका अनुसार अहिले सदनमा ४ वटा विधेयक दर्ता छ । सदन चले दर्ता भएका विधेयकहरु छलफलमा जानेछ ।

‘सदन सञ्चालन गर्ने सम्बन्धमा मुख्यमन्त्री लालबाबु राउतसित छलफल भइरहेकोछ ’सभामुख यादवले भने, सदन चलाउने जिम्मेवारी नै सरकारको हो । सरकारले बिजनेश नदिए सम्म सदन चल्न सक्दैन् । अगामी हप्ता सदन बस्ने यादवले जनाए ।

अधिकारीहरुका अनुसार प्रदेश सरकारले चाहेरपनि रकम सजिलै भुक्तानी गर्न सक्ने अवस्था छैन् । योजनाहरु सम्बन्धी कागजातहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयबाट आएका टोलीले लगेको छ । सबै मन्त्रालयबाट फाइलका कपिहरु लगिएको कारण भुक्तानीको प्रकृया अगाडी बढाउन कर्मचारीहरु डराएको बताइन्छ ।

तर प्रदेश सभासदहरुले योजनाको भुक्तानी नभए सम्म सदन चल्न नसक्ने धम्कीदिदै आएका छन् । साँसदहरु नै फसेकाले सदन चलाउन सरकार र सभामुख दुबैजनाका लागि मुश्किल छ ।

यसैबीच केन्द्रिय राजनीति समिकरणमा देखिएको बदलावले प्रदेश २ मा समेत सत्तासमिकरण परिवर्तन हुने हल्ला जोडले चलेको छ ।सत्तापरिवर्तन हुने हल्लाले प्रदेशका कर्मचारीहरु मन्त्रीलाई सघाउनेमा आशंक ागर्न थालिएको छ ।

प्रदेश सरकारले चालु संसद अधिवेशनलाई नै यो हिउँदमा पनि स्थगन गर्ने संभावना देखिदैन् । सदन जारी राख्ने अथवा स्थगन गर्ने सोंच नै सरकारले बनाएको छैन् । साँसदहरुले पनि यसै अधिवेशनलाई जारी राख्दै विश्वकिर्तिमान बनाउने व्यंग समेत गर्न थालेका छन् ।

प्रदेशसभाले अनुमोदन गरेका योजनाहरुको भुक्तानी तत्काल सरकारले गर्नुपर्छ’राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका प्रदेश साँसद उपेन्द्र महतोले भने,भएका कामको भुक्तानी नगरिए सम्म सदन चल्न सहज छैन् । योजनाको भुक्तानी नहुँदा साँसदहरुलाई क्षेत्रमा जान समेत समस्या भएकाले सरकार गंभीर हुनुपर्ने उनले बताए ।

प्रकाशित : 21 December 2019 7:18 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ