महोत्तरीको भंगहामा टिपर पल्टेपछि सह-चालकको मृत्यू


महोत्तरी, ५ पुस । महोत्तरीमा शनिवार साँझ टिपर पल्टिएर एक जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका ६ मा बा ५ ख २०४९ नम्बरको टिपर पल्टिएर चितवन भण्डाराका २८ बर्षिय राजेन्द्र चेपाङको मृत्यू भएको हो ।

विपरित दिशाबाट आईरहेको जीपलाई साईड दिने क्रममा टिपर पल्टिदा सहचालक चेपाङको मृत्यु भएको महोत्तरीले जनाएको छ । टिपरका चालक भने फरार छन् । मृतकको शव पोष्टमार्टमका लागि जलेश्वर पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष ५, शनिबार २०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ