प्रदेश सरकार ढल्दैन : मुख्यमन्त्री राउत


जनकपुरधाम, ५ मंसिर । प्रदेश २ को सरकार तत्काल नढल्ने मुख्यमन्त्री लालबाबु राउतले दावी गरेका छन् । राजपाले नेकपासँग गरेको २ बुंदे सम्झौतापछि प्रदेश सरकार ढल्ने अडकलबाजी भइरहेका बेला मुख्यमन्त्रीले सरकारलाई असर नपर्ने बताएका छन् ।

शनिवार सञ्चारकर्मीको जिज्ञासामा मुख्यमन्त्री राउतले भने, ‘तपाईहरुको मिडियाले उठाएको कोकोहोलो हो । अरु केही होइन् ।’ पार्टी अलग अलग मात्र नभएर विचार, सिद्धान्त र रणनीति नै अलग अलग भएकाले नेकपासँग गरेको सम्झौता गर्नु स्वभाविक भएको उनको भनाई छ ।

राजपाले नेकपासँग गरेको दुई बुंदे सम्झौतापछि धेरैले प्रदेश २ मा नयाँ समिकरण बन्ने अनुमान गरेका छन् । तर प्रदेश २ मा सरकार बनाउने विषयमा राजपा र नेकपाले भने केहि बोलेका छैन ।

प्रकाशित : 21 December 2019 9:21 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ