नागरिकता विवाद : प्रदर्शनकारीले जब प्रहरी चौकीमा आगो लगाए…


काठमाडौं, ५ पुस । भारतमा विवादास्पद नागरिकता संशोधन कानुनविरुद्धको प्रदर्शन थप उग्र बन्दै गएको छ । प्रदर्शनका क्रममा मारिनेको संख्या बढ्न थालेपछि आन्दोलनले थप उग्ररुप लिन थालेको छ । शनिबार आन्दोलनकारीले प्रहरी चौकी जलाई दिएका छन् ।

उत्तर प्रदेशको कानपुरमा प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनी गरेको बीबीसी हिन्दीले जलाएको छ । सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा शुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगिसकेको छ ।

मारिनेमा एक जना आठ वर्षका बालक पनि रहेको जनाइएको छ । प्रहरीको गोली लागेर धेरैको ज्यान गएपछि प्रदर्शनकारीले प्रहरी चौकीमै तोडफोड तथा आगजनी शुरु गरेका छन् । शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित २० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

वाराणासीमा ती बालकको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको भने प्रहरीको गोलीबाट मृत्यु भएको हो । नोभेम्बर १२ मा भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई नागरिकता दिनेगरी कानुन पारित गरेपछि भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै गएको छ । एजेन्सी

प्रकाशित : २०७६ पुष ५, शनिबार २१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ