प्रदेश २ को ड्राईभिङ्ग स्कुल संघको अध्यक्षमा साह निर्वाचित


पर्सा । बिरगंजको होटेल दरबारमा शनिबार डाईभि· स्कुल संघ नेपालको केन्द्रिय सदस्य अकलेस साहको अध्यक्षतामा र यातायात व्यवस्था कार्यालय बिरगंज पर्साका प्रमुख सुशील कुमार साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रम प्रमुख अतिथि यातायात पर्साका प्रमुख सुशील कुमार साहले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको शुभारम्भ गर्नुझएको थियो । कार्यक्रममा वत्ताहरुले देश बिकासको हरेक क्षेत्रमा स्कुल ड्राईभि·को महत्वपुर्ण योगदान रहेको तर राज्यले हेर्ने दृष्टिकोण फरक रहेको तथा सरकारले ड्राईभि· स्कुलहरुलाई दलालको नजरले हेर्ने गरेको, स्कुल संचालन गर्दा पुर्वाधारहरु जस्तै हरेक स्कुलको ट्रेनि· (ट्रायल सेन्टर) हुनु पर्ने बताए पनि स्वयम् यातायात व्यवस्था कार्यालय पर्साको आफ्नो निजी ट्रायल सेन्टर नभएको र भाडामा संचालन गर्दै आईरहेकोमा आपती जनाएका थिए ।

ड्राईभि· स्कुलले दक्ष ड्राईभर उत्पादन गरि रोजगार र दुर्घटना न्यूनीकरण गर्नमा महत्वपूर्ण भुमिका रहेको भएतापनि सचिवको ठाडो आदेशबाट ड्राईभि· स्कुलले बितरण गर्दै आईरहेको प्रमाणपत्र रोक्का गर्ने निर्णय गरेकोले त्यसको बिरुद्धमा सबै एकजुट भएर अगाडी बढनु पर्ने अकलेश साहले बताए ।

प्रथम भेलाको बिशिष्ठ अतिथिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पंडित, केन्द्रिय महासचिव उमेश सि. के., नेकपाका केन्द्रिय सदस्य एवं वीरगंज महानगरपालिका ईन्चार्ज दिनेश कुमार राई, संघका पुर्व केन्द्रिय कोषाध्यक्ष दिलिप साह, केन्द्रिय सदस्य अमृत बिश्वकर्मा, ईन्देश झा, बिमल अधिकारी, सल्लाहकार गुन्ज बहादुर बस्नेत, नेकपा जिल्ला अध्यक्ष प्रभु हजरा, नेपाली का·्रेस जिल्ला सचिव श्याम पटेल, नेकपा बिरगंज महानगर अध्यक्ष रहबर अन्सारी, ट्राफिक प्रहरी नायब निरीक्षक कर्ण बहादुर चुनरा लगायत सन्चारकर्मीहरु र प्रदेश नं. २ का ड्राईभि· स्कुलबाट आउनु भएको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी प्रथम भेलाको अन्त्यमा ड्राईभि· स्कुल संघ नेपाल प्रदेश नं. २ को १३ सदस्यीय नयाँ कमिटि चयन गरेको छ ।

चयन कमिटिको निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा अकलेश साह पर्साबाट, उपाध्यक्षद्वय इन्द्रेश झा जनकपुर, उपाध्यक्ष गौरव क्षेत्री पर्सा, सचिव दिलीप कुमार दास लहान, कोषाध्यक्ष दिपनारायण साह जनकपुर, सह–सचिव जयप्रकाश झा जनकपुर, सदस्यहरुमा सरोज कुमार महतो, अरुण कुमार साह जनकपुर, दिनेश कुमार यादव लहान, रामानन्द यादव सिरहा, गंगा देवी लामा बर्दिवास, उत्तम कुमार लामा बर्दीवास, रमेश प्रसाद देवकोटा सर्लाहीका रहेका छन् ।

प्रकाशित : २०७६ पुष ६, आईतवार १८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ