प्याज किन्न लाइनमा बसेको ५५ वर्षीय पुरुषको मृत्यू


काठमाडौं, ७ मंसिर । प्याज खरिद गर्नका लागि लाइनमा बसेका एक व्यक्तिको हृदयाघातका कारण भारतको आन्ध्र प्रदेश राज्यमा मृत्यु भएको छ ।

सरकारले दिएको अनुदानको प्याज लिनका लागि लाइनमा उभिँदा ५५ वर्षीय एक पुरुषको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्ध्र प्रदेशको गुडिभाडा जिल्लाको एक बजारमा भारतीय सरकारले प्याजको मूल्य अनुदानमा प्रतिकिलो २५ (भारतीय रुपैयाँ) तोकेपछि उनी बिहानै देखि लाइनमा बसेका थिए ।

चिकित्सकहरुले उनको हृदयाघातका कारण मृत्यु भएको जनाएका हुन् । यसरी प्याजको लाइनमा लागेका कारण हृदयाघात भएर मृत्यु भएपछि त्यहाँको तेलगुदेशम पार्टीले यो विषयलाई संसदमै उठाउने जनाएको छ ।

प्रकाशित : 23 December 2019 10:34 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ