नेपालकै नदीमा गरियो मिनी पानीजहाजको सफल परीक्षण (हेर्नुस् फोटोहरु)


चितवन, ७ पुस । नारायणी नदीमा मिनी पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ काप्रेघाटमा मिनी पानीजहाज (क्रुज सीप)को सफल परीक्षण गरिएको हो ।

परीक्षणमा चालक दलका केही सदस्य र सञ्चालकहरुले सवार गरेका थिए । पानीजहाज बनाउन तयार गरिएको पोर्टबाट करिब एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन मिनी पानीजहाजमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । यसअघि दशैं अगाडि नै मिनी जहाज सञ्जालनमा ल्याइने तयारी गरिएको भए पनि केही प्राविधक काममा भएको ढिलाईका कारण अहिले परीक्षण गरिएको हो ।

कँडेलका अनुसार मिनी पानीजहाजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ समेत राखिएको छ । गत वर्ष चैतबाट मिनी पानीजहाजको निर्माणको काम थालिएको हो ।

  • खबरहब डटकमबाट
प्रकाशित : 23 December 2019 8:52 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ