कार लुटपाट गर्ने ५ जनालाई प्रहरीले समात्यो


कैलाली, ८ पुस । प्रहरीले लुटपाटमा संलग्न पाँचजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका- १४ का १८ वर्षीय अजय भण्डारी, सोही नगरपालिकाका- ३ बस्ने २१ वर्षीय गौरब चन्द, वडा नम्बर ४ का २६ वर्षीय चिरण बम छन् ।

त्यस्तै कृष्णपुर नगरपालिका- १ का १९ वर्षीय नरेन्द्र साउँद, कृष्णपुर नगरपालिका घर भई धनगढी उपमहानगरपालिका- ३ बस्ने २० वर्षीय प्रदीप ऐर र दार्चुलाको मार्मा गाउँपालिका- २ घर भइ धनगढी बस्ने १८ वर्षका पारस सिंहलाई पनि प्रहरीले सँगै पक्राउ गरेको छ।

पक्राउ परेकाहरुले ६ पुसमा गोदावरी नगरपालिका गेटाबाट धनगढी आउँदै गरेका गेटा बिस्कुट फ्याक्ट्रीका सिनियर बजार प्रतिनिधि सुमित भट्टको बा. १८ च ९६४३ नम्बरको कार रोकेर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनीहरुले कार रोकेर फलामको रड देखाइ मोवाईल, नगद लगायतका सामान लुटेका थिए । प्रहरीले लुटेराहरुको साथबाट बा. ६५ प ५५९ नम्बरको मोटरसाईकलसमेत बरामद गरेको छ ।

प्रकाशित : 24 December 2019 9:08 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ