सरकार वास्ता गर्न छाडेपनि समाजवादी पार्टी भन्छ- सरकार छोड्दैनौं


काठमाडाैं, ८ पुस । संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच खटपट शुरू भएको छ ।

समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् । सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् ।

सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले भने सरकार नछोड्ने जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित : 24 December 2019 11:57 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ