सरकार छाडेपछि अब के गर्ला समाजवादी पार्टी ? यसो भन्छन् डा. भट्टराई


जनकपुरधाम, ८ मंसिर । संविधान संशोधनका लागि २ बुंदै सम्झौता गरी सरकारमा सहभागी भएको थियो । तर १७ महिनापछि समाजवादी पार्टी मंगलवार सरकार छाडे । संविधान संशोधनका लागि विज्ञ समूह गठनको प्रस्ताव मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ठाडै अस्वीकार गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो । सरकार छाडेपछि विषयमा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई के भन्छन् हेर्नुस् :

हाम्रो मिसन वैचारिक रुपले तेस्रो धुव्र बनाउने हो। त्यो भनेको पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादी धुव्र हो। राजनीतिक शक्तिको रुपमा कांग्रेस र कम्युनिष्टको विकल्प देशमा दिने लक्ष्यबाट हामी हिँडेका हौं । यसबीचमा तत्कालीन संघीय समाजवादी फोरमले तत्कालीन एमाले र माओवादीसँग संविधान संशोधन गर्ने सर्तमा त्रिपक्षीय सम्झौता गरेर सरकारमा गएको थियो।

त्यो सम्झौतालाई टुंगोमा नपुर्‍याई सरकार छाड्न अप्ठ्यारो परेको हुँदा केही समय लाग्यो। संविधान संशोधनको प्रस्ताव हिजोसम्म आईपुग्दा प्रधानमन्त्रीले ठाडै इन्कार गरिदिए। इन्कार मात्रै होईन दुत्कारे। त्यसले हाम्रो सरकारको अध्याय टुङ्गियो ।

अब तेस्रो धुव्र निर्माण गर्नेतर्फ नै केन्द्रीत हुन्छौं । पुस २० गतेबाट पार्टी सुदृढीकरणको अभियान सुरु हुन्छ। त्योसँगै राजपालगायत विचार मिल्ने शक्तिहरुसँगको धुव्रीकरण प्रक्रिया अघि बढ्छ।सँगसँगै अहिले चर्चामा आएका सरकारले गरेको चरम भ्रष्ट्राचार, विकृति विसंगति र संविधान संशोधन, शासकीय स्वरुप, पहिचानसहितको संघीयता, नामाङ्कन–सीमाङ्कन सहितको संरचना, निर्वाचन प्रणाली, नारगरिकतालगायतका विषयहरुलाई लिएर जनअभियानमा जान्छौं ।

प्रकाशित : २०७६ पुष ८, मंगलवार २०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ