श्रीमानको कुटाइले श्रीमतीको मृत्यु


सुनसरी। धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी वादविवाद भई कुटपिट भएको थियो ।

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।

प्रकाशित : २०७६ पुष १०, बिहीबार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ